Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुदुरपश्चिमले चाख्यो एनपिएलमा पहिलो हारको स्वाद, चितवन राइनोजसँग ३५ रनले पराजित





काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले पहिलो हार व्यहोरेको छ । आफ्नो चौथो खेलमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ ओभर २ बलमा १३१ रनमा समेटियो ।
सुदूरपश्चिमका इशान पाण्डेले ३५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । सैफ अली जैबले १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दिलप्रित बज्याले १२, आरिफ शेखले ४, कप्तान दीपेन्द्रसिंह ऐरीले १, नरेश बुढाएरले ५, स्कट कुगेलेइनले १६ र नरेन साउदले ८ रनको योगदान दिए ।
बलिङमा चितवनका रिजन ढकाल, निकोल लोफ्टी–इटन, कप्तान कुशल मल्ल र अमरसिंह रौटेलाले २–२ विकेट लिए । शोहिल तनविर र रञ्जितकुमारले एकएक विकेट लिए ।
त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । चितवनका हसन एइसाखिलले सर्वाधिक ६५ रन जोड्दा रवि बोपाराले आक्रामक ब्याटिङ गरे । उनले १८ बलमा ३६ रन बनाए । कप्तान कुशल मल्लले १३ र विपीन रावलले १७ रनको योगदान दिए ।
बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २, कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले एक–एक विकेट लिएका थिए ।
एनपीएलमा सुदूरपश्चिमको यो पहिलो हार हो । यसअघि भएका ३ वटै खेलमा सुदूरपश्चिमले जीत निकालेको थियो । सुदूरपश्चिमले लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज र विराटनगर किंग्सलाई पराजित गरेको थियो ।
चितवनको यो तेस्रो जीत हो । कर्णाली याक्ससँग पराजित भएको चितवनले काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।