Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन





काठमाडौ ।

झापाको मेचीनगर नगरपालिका–४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री पत्नी राधिका शाक्यले गरेका हुन् ।
कार्यक्रममा आश्रमका लागि दुई बिघा पाँच कट्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो ।
ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब र प्रथम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गरे । ओलीको घोषणापछि अन्य अतिथि र जनप्रतिनिधिले पनि सहयोगको घोषणा गरेका थिए ।