

जनकपुरधाम ।
जनकपुरधाममा शनिबार राति ३४ जोडीको सामूहिक विवाह भएको छ । विश्व हिन्दू परिषद नेपालको आयोजनामा जानकी मन्दिरको प्रांगणमा ३४ जोडीको सामूहिक विवाह गराइएको हो ।
जानकी मन्दिरको प्रांगणमा मैथिल परम्परा अनुसार ३४ जोडीको स्वयम्बर तथा विवाह सम्पन्न भएको थियो भने विवाहको सम्पूर्ण खर्च परिषदले ब्यहोरेको थियो ।

