Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति





काठमाडौं ।
झापाका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका प्रसाईंविरुछ आइतबार ३ दिन म्याद थप भएको ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।
भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा ब्यूरोले अनुसन्धान गरिरहेको छ । यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
विभिन्न व्यवसायीहरुलाई धम्कयाएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयालसँग प्रसाईंको कनेक्सन देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । अहिले साइबर ब्यूरोले भने प्रसाईंविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भनेर दिएको अभिव्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।