

जनकपुरधाम ।
जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी बरिष्ठ हवल्दार पदबाट बढुवा भएका प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी कार्यालयमा एक कार्यक्रमकाबिच प्रहरी बरिष्ठ हवल्दार बाट प्रहरी सहायक निरिक्षक पदमा बढुवा भएका ८ जना प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्र अनुसार जनपद तर्फका ती प्रहरीहरुको बढुवा गरिएको छ । बढुवा भएका प्रहरीहरुलाई दर्जयानी चिन्ह प्रदान गर्दै प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले उच्च मनोबलका साथ उच्च उर्जाका साथ काम गर्न निर्देशन दिए ।
