

जनकपुरधाम ।
जानकी मन्दिर क्षेत्र पनि सफा गर्न नसकिएको विषयलाई लिएर जनकपुरधामका मेयरको आलोचना भइरहेको समयमा सो क्षेत्रमा फोहोर हुनुको कारण आज खुलेको छ । जनकपुरधामका मेयर मनोज साहले सफाइका लागि जानकी मन्दिरसँग लेटर मागेका छन् ।
आम्दानी जानकी मन्दिरले खान्छ र जनकपुरधाम उपमहानगरपालिकाले किन सफा गर्नु पर्यो उहाँले पत्रकारहरुसँग कुराकानी गर्दै प्रश्न गर्नुभयो ।
हामीसँग सफा गराउनु छ भने लेटर पठाउनुस नभए प्राङ्गणको सफाई हामी गर्न सक्दैनौँ उहाँको कथन थियो ।
लालकिशोर साह मेयर हुँदा जानकी मन्दिर क्षेत्र सफा हुन नसकेको विषयलाई लिएर सबैभन्दा बढी आलोचना मनोज साहले नै गर्ने गर्थे । मेयर हुने बित्तिकै जानकी मन्दिर क्षेत्र सफाइका दृष्टिले उदाहरणीय बनाउने घोषणा गरेका थिए तर मन्दिर वरिपरि मात्रै नभइ मन्दिर प्रागंण नै सफा हुन सकेको छैन । तर अहिले आएर जानकी मन्दिरको प्राङ्गण सफाई गर्न लेटर माग्न थालेका छन् ।
