

एजेन्सी ।
अष्ट्रेलिया बिरुद्धको दोस्रो टेस्टमा भारत १० विकेटको फराकिलो अन्तरले पराजित भएको छ । भारतले दोस्रो इनिंग्समा जितका लागि दिएको १९ रनको झिनो लक्ष्य अष्ट्रेलियाले बिना कुनै विकेट गुमाउँदै पूरा गरेको छ ।
भारतीय ब्याट्समैनहरु दूबै इनिंग्समा फ्लप साबित भएपछि अष्ट्रेलियाले सहज जित निकालेको हो । अष्ट्रेलियाका लागि मिचेल स्टार्क एक्लैले ६ विकेट लिएपछि भारत पहिलो इनिंग्समा मात्र १ सय ८० रनमा समेटिएको थियो भने दोस्रो इनिंग्समा पैट कमिन्सले एक्लै ५ विकेट लिएपछि भारतको दोस्रो इनिंग्स मात्र १ सय ७५ रनमा समेटिएको थियो ।
यस अघि अष्ट्रेलियाले ट्रेभिस हेडको १ सय ४० रनको शतकीय पारीको सहयोगमा ३ सय ३७ रनको योगफल तयार पारेका थिए । भारतका लागि अष्ट्रेलिया बिरुद्ध पहिलो इनिंग्समा जसप्रित बुमराह र मोहम्मद सिराजले ४÷४ विकेट लिएका थिए ।
