Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गढीमाई मेलामा ४० लाख बढीले गरे दर्शन, आज र भोली पशुबली दिइने





जनकपुरधाम ।
बाराको वरियारपुरस्थित गढीमाई पञ्चवर्षीय मेलामा दर्शनार्थीहरूको घुइंचो बढ्न थालेको छ । गढीमाई मेला मूल व्यवस्थापन समितिका अनुसार यही मंसिर १ गतेदेखि सुरु भएको गढीमाई मेलामा मंसिर २२ गतेसम्म करिब ४० लाख दर्शनार्थीहरू मेलामा आइसकेका छन् ।
गढीमाई मेला हुने विशेष पूजा नजिकिएसककंगै मेलामा दर्शनार्थीहरूको भिड बढेको मूल पुजारी शिव चौधरी बताउँछन् । बिहानैदेखि गढीमाई माताको दर्शन गर्न देशका विभिन्न जिल्लासहित विदेशबाट समेत लाखौँको सङ्ख्यामा भक्तजनहरू आएका छन् ।
अझ शनिबार सम्पूर्ण सरकारी कार्यालय, बैंक लगायतमा बिदा हुने भएकाले मेला घुम्न आउनेको सङ्ख्या उल्लेख्य बढेको छ । गढीमाई मेलामा आइतबार र सोमबार गढीमाइ मेलामा बलि दिइनेछ । आइतबार राँगा बलि तथा सोमबार बोका बलि हुने समितिले बताएको छ ।
आइतबार विशेष पूजापछि पशु बलि दिने क्रम सुरु हुने मूल पुजारी चौधरीको भनाइ छ । उनका अनुसार नर बलि दिएपछि मात्र गढीमाई मेलामा पशु बलि दिन सुरु गरिनेछ ।
अहिले पशु बलिको लागि मेलामा करिब ५ हजार राँगा आइसकेको र अझै राँगा आउने क्रम जारी रहेको बलि व्यवस्थापन उपसमितिले जनाएको छ । गढीमाई मन्दिरका मूल पुजारी शिव चौधरीका अनुसार यस वर्ष १७ हजार बलि चढ्ने अनुमान छ । मेलामा यो वर्ष करिब ३ करोड दर्शनार्थीले अवलोकन गर्ने गढीमाई मेला मूल व्यवस्थापन समितिको अनुमान छ ।
गढीमाई मेलामा आउने भक्तजनहरूको भीड बढ्न थालेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । भक्तजनहरूको गतिविधिमा निगरानी तथा चेकजाँचमा कडाइ पारिएको बारा एसपी महेन्द्र खडकाले बताए ।
उनका अनुसार मेलालाई सभ्य, भव्य एवम् व्यवस्थित बनाउन सुरक्षा व्यवस्था एकदम कडा बनाइएको हो । मेलामा दर्शनार्थीहरूको सुरक्षाका लागि तीन हजारको सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ ।
यसको अलावा नगर प्रहरी, स्वयंसेवकहरू समेत भक्तजनहरूको सुरक्षार्थ खटिएका छन् भने सूक्ष्म तारिकाले सबैको निगरानीका लागि ३५० भन्दा बढी सिसिटिभी क्यामरा राखिएको छ ।
मेलामा दर्शनार्थीहरूको सुरक्षासँगै बास, खाना लगायतको सुविधा समेत उपलब्ध गराइएको मेला समितिले जनाएको छ । साथै दर्शनार्थीहरूलाई असहजता नहोस् भन्ने उद्देश्यले मन्दिरमा ब्यारेकेटिङ गरेर व्यवस्थित बनाइएको छ ।
साथै मेलामा भक्तजनहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर, खानेपानी, घुम्ती शिविर, शौचालय, दाउरा लगायतको प्रबन्ध मिलाइएको गढीमाई मेला मूल व्यवस्थापन समितिले जनायो ।
विशेष पूजा गर्नका लागि पाँच सयको नगदी रसिद लिएर जाने व्यवस्था गरिएको छ ।