Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विराटनगरविरुद्ध कर्णालीको रोमाञ्चक जित





काठमाडौँ ।
विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले रोमाञ्चक जित हात पारेको छ । नन्दन यादवको किफायती बलिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित दर्ता गरेको हो ।
शनिबारको दोस्रो खेलमा कर्णाली याक्ससँग विराटनगर ७ रनले पराजित भयो । कर्णालीले एनपीएलको चार खेलमा २ खेलमा जित र २ खेलमा हार भोगेको छ । ४ खेलबाट ४ अंक जोडेको कर्णाली ४ अंकमा तालिकाको चौथो स्थानमा छ । ४ खेलमध्ये १ खेलमा जित र ३ खेलमा हार भोगेको विराटनगर २ अंकमा तालिकाको सातौँ स्थानमा छ ।
कर्णालीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा नन्दन यादवले ७ रन मात्र दिएपछि विराटनगरले तेस्रो हार व्यहोरेको हो ।
विराटनगरलाई कम स्कोरमा रोक्न कर्णालीका नन्दन यादवले ३ विकेट झारे । उनले आफ्नो स्पेलमा १९ रन दिदा ३ विकेट लिए । विपिन शर्माले २ विकेट झारे । सोमपाल कामी, विलियम बसिस्टो र युनिस ठकुरीले समान एक विकेट आफ्नो नाममा गरे ।
निकोलस पुरनले बनाएको ४० रन नै विराटनगरका लागि सर्वाधिक रह्यो। ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरेका पुरन नन्दन यादवको बलमा बोल्ड आउट हुन पुगे । दुवै ओपनर विपिन शर्माको शिकार भए । ओपनर लोकेश बम १९ रन बनाउँदा विपिन शर्माको बलमा बोल्ड आउट हुन पुगे । मार्टिन गप्टील ४ रनमा शर्माको बलमा क्याच आउट भए ।
दीपक बोहोरा १८ रन बनाउँदै विवेक यादवको बलमा बोल्ड आउट भए । अकिबल इलियास ८, नरेन भट्ट ७ रन बनाउँदै पेभेलियन फर्के । बसिर अहमद ८ रन बनाउँदा युनिस ठकुरीबाट कट एण्ड बोल्ड हुन पुगे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णाली १ सय ३३ रन बनाउँदा इनिङ्सको अन्तिम बलमा अलआउट हुन पुग्यो ।
तेस्रो ओभरमा नै दुई विकेट गुमाएर दबाबमा आएको कर्णालीका लागि तेस्रो विकेटका देव खनाल र विलियम बसिष्टोले १ सय २ रनको साझेदारी गरे । विलियम बसिष्टो ६६ रन बनाउँदा क्रिस सोलेको बलमा एलबीडब्लु धरापमा परे ।
४९ बलमा ५ चौका र ३ छक्का हानेका बसिस्टो १९औँ अन्तिम बलमा पेभेलियन फर्के । ४८ बलमा ४ चौका र २ छक्का सहयोगमा ५३ रन बनाएका देव बसिर अहमदको बलमा क्रिस सोलेको हातबाट क्याच आउट भए ।
देव र बसिष्टो बाहेक अन्य ब्याटरले ६ रनको आँकडा पार गर्न सकेनन्। पाँच ब्याटर शुन्य रनमा पेभेलियन फर्के । दुई ब्याटरले समान एक रन बनाए । जिसनले २ रन थपे। शिखरले ५ रन बनाए ।
४ बलमा ५ रन बनाएका ओपनर शिखर धवन दोस्रो ओभरको तेस्रो बलमा नै प्रतिश जिसीको बलमा बोल्ड आउट भए । तेस्रो ओभरको दोस्रो बलमा चान्डविक वाल्टन १ रनमा क्रिस सोलेको बलमा विकेट किपर लोकेश बमको हातबाट आउट हुन पुगे ।
गुल्सन झा पहिलो बलमा नै बसिर अहमदको बलमा एलबीडब्लु धरापमा परे। अर्जुन घर्ति १ रन बनाउँदा अकिब इलियासको बलमा बोल्ड आउट भए । जिसन मक्सुद २ रन बनाउँदा क्याच आउट हुन पुगे। नन्दन यादव शुन्य रनमा पेभेलियन फर्के ।
विराटनगरका लागि प्रतिश जिसीले ४ विकेट लिए । उनले आफ्नो स्पेलमा १ मेडन राख्दै १७ रन दिदा ४ विकेट आफ्नो नाममा गरेका हुन् । बसिर अहमद र क्रिस सोलले समान दुई विकेट लिए। अकिब इलियासले एक विकेट आफ्नो नाममा गरे ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने निकै महंगा सावित भए । उनले आफ्नो स्पेलमा ३६ रन खर्चदा विकेटविहीन रहे ।