

जनकपुरधाम
नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक धनुषा नेपालको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको छ । सो शिविरमा यात्री विश्राम, स्वास्थ्य शिविर, पिउने पानीको व्यवस्था र यात्री सहायता परामर्श केन्द्र स्थापना गरिएको छ । शिविरमा करिब २५०० भन्दा बढीले स्वास्थ्य सेवा लिइएको जानकारी संस्थाका अध्यक्ष डा. राजीव झाले दिनुभएको छ ।
शिविर बिहान बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन भएकोे र त्यसपछि यात्री विश्राम स्थलमा परिवर्तन गरिएको छ । शिविरमा डा. अजय मिश्र, डा. उदय झा, सिअहेव दिलीप मिश्र, उज्ज्वल झा, शशी सिंह र सोनु यादव लगायतका स्वास्थ्यकर्मीहरूले निःशुल्क सेवा प्रदान गरेका छन् ।

