

जनकपुरधाम ।
जनकपुरधाममा विवाहपञ्चमीको अवसर पारेर दीपावली मनाइएको छ । सीतारामको त्रेता युगमा विवाह भएको स्मरणमा मनाइने विवाहपञ्चमीको अवसरमा जनकपुरधामका स्थानीयले दीपावली मनाएका हुन् ।
स्थानीयले रामजानकीको विवाह भएको पवित्र दिन रहेकाले आ–आफ्नो घर तथा व्यापारिक प्रतिष्ठानहरुमा दीप बालेर दीपावली मनाएका हुन् । त्रेता युगमा भगवान सीतारामको विवाह मंसिर शुक्ल पञ्चमीकै दिन विवाह भएको थियो । त्यसकै खुशियालीमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइने गरिन्छ ।
जनकपुरधाममा भगवान रामको जन्म दिवस अर्थात रामनवमी तथा माता सीताको जन्म दिवस अर्थात जानकी नवमीमा समेत यसै गरी दीप बालेर खुशियाली मनाइने गरिन्छ ।

