

जनकपुरधाम ।
स्वयंबरपछि रामजानकीको डोलासँगै नगरमा शोभा यात्रा निकालिएको छ । रंगभूमि मैदानबाट निस्केको सो डोला नगरपरिक्रमा गरी केहीबेर अघि सम्पन्न भएको छ । शोभायात्राको क्रममा नगरको विभिन्न स्थानमा स्थानीयवासीहरुले आरती देखाउनुका साथै फूल छर्केर स्वागत गरेका छन् ।
शोभा यात्रा सम्पन्न भएको छ । डोला जानकी मन्दिरमा पुगी सकेको छ । केहीबेरमै वैदिक परम्परा अनुसार रामजानकीको विहे हुने जानकारी जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले दिएका छन् ।
मडबा नजिक बिहेको अन्तिम तैयारी शुरु भइसकेको छ ।

