Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मतदाता नामावली दर्ताको काम सुरु गर्ने आयोगको निर्णय ,मंसिर २३ गतेबाट हुन्छ





 काठमाडौं ।

निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने निर्णय गरेको छ ।

आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्ति जारी गर्दै मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने बताएकी छिन् ।

यसअघि गत मंसिर १५ गते सम्पन्न उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरिएको थियो ।

निर्वाचन सम्पन्न भइ परिणाम समेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगले जनाएको छ ।

आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।