Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिरियामा एलेप्पोपछि हामा सहर विद्रोहीको कब्जामा





एजेन्सी ।
सिरियामा विद्रोही समूहले सेना फिर्ता भएपछि हामा सहर पूर्ण रूपमा नियन्त्रणमा लिएको दाबी गरेको छ । बीबीसीको समाचारअनुसार इस्लामिक चरमपन्थी विद्रोही समूह हयात तहरिर अल–शाम (एचटीएस) का नेता अबु मोहम्मद अल–जवलानीले हामामा विजय घोषणा गरेका छन् ।
उनले सहरमा ‘कसैबाट बदला नलिने’ बताएका छन् । यसअघि विद्रोही र उसका सहयोगीले हामाको केन्द्रीय कारागार कब्जा गरेका थिए। त्यसपछि उनीहरूले भीषण लडाइँका बीच कैदीहरूलाई रिहा गरेका थिए । एलेप्पोबाट ११० किलोमिटर दक्षिणमा अवस्थित हामामा १० लाख मानिस बस्छन् ।