Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पदभार ग्रहण लगत्तै सप्तरीको डाक्नेश्वरी १का वडाध्यक्ष हत्या आरोपमा पक्राउ





जनकपुरधाम ।
पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई प्रहरीले आज सार्वजनिक गर्दैछ ।
गत मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट वडाध्यक्षमा विजयी साहलाई प्रहरीले बिहीबार डाक्नेश्वरी–१ मा आयोजित पदभार ग्रहण समारोहबाटै पक्राउ गरेको थियो । हत्या मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
‘उनलाई आज हामी पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ’, सप्तरी जिल्ला प्रहरी कार्यालयका पमुख, एसपी ढकेन्द्र खतिवडाले भने, ‘घटनाको विस्तृत विवरण हामी पत्रकार सम्मेलनमै दिनेछौँ ।’
वडाध्यक्ष साह हाल इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा रहेको प्रहरीले जानकारी दिएको छ ।

<