Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

धनुषाको विदेह नगरपालिकामा एक महिलाको विभत्स हत्या





जनकपुरधाम ।
धनुषाको विदेह नगरपालिकामा एक महिलाको विभत्स हत्या गरिएको छ । विदेह नगरपालिका वडानम्बर ५ मुरिबा टोलकी ४० वर्षीया रामपरी देव ठाकुरको हत्या गरिएको हो ।
टाउको छेदिएको अवस्थामा उनको शव घरभन्दा करिब डेढ किलोमिटर टाढा स्थानीय एक व्यक्तिको खेतमा फेला परेको हो । टाउको भने कमला नदीको नहरमा भेटिएको छ । शरीर नग्न अवस्थामा रहेको थियो । शरीर र टाउको भेटेको भन्दा सय मिटर पर रगत समेत फेला परेको छ ।
धारिलो हतियारले घाँटी छिनाएर उनको हत्या भएको धनुषा प्रहरीले जनाएको छ । हत्या भएकी महिलाको श्रीमान लामो समयदेखि वैदेशिक रोजागारमा छन् ।
मृतकका कान्छो छोराका अनुसार मंगबार अपरान्ह रामपरी घाँस काट्नका लागि घरबाट निस्किएकी थिइन् । अबेर साँझसम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो । तर त्यसको भोलिपल्ट रामपरीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको हो ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिए पनि अहिले भने एक जनालाई मात्रै हिरासतमा राखेर अनुसन्धान गरिरहेको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।