Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विवाहपञ्चमीका लागि तालिम प्राप्त कुकुर पनि परिचालित





सुजीतकुमार झा
जनकपुरधाम
रामजानकी विवाहपञ्चमी महोत्सवमा तीर्थयात्रीहरुको सुरक्षाको विशेष ध्यान दिइएको छ । ठाउँ–ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखिएको छ भने तालिम प्राप्त कुकुरहरु पनि परिचालित गरिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी कुकुर लिएर नगरको विभिन्न स्थानमा घुमिरहेका थिए । लाखो व्यक्ति मेलामा आउने भएकाले सुरक्षामा विशेष सर्तकर्ता अपनाइएको प्रहरीका अधिकारीहरुले बताएका छन् ।
धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले नेपाल प्रहरीको १४६१ ज्वान र सशस्त्र प्रहरीको ७५० जवान नगरको विभिन्न ठाउँमा परिचालन गरिएको जानकारी दिएका छन् । जानकी मन्दिर वरिपरि सीसी क्यामरा पनि जडान गरिएको छ ।
सीमादेखि नै सुरक्षाकर्मी कडाइका साथ रहेका छन् । हुनत पाकेटमारी महिलाहरुको गहना तान्ने मोबाइल चोराउने घटना पनि दर्जनो घटेको छ ।