Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भुटानका राजा करिब ५ घण्टा काठमाडौं रहने





काठमाडौं ।

भोलि (शुक्रबार) नेपाल आउन लागेका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र रानी तेत्सुन पेमा वाङचुकले स्वयम्भु र बौद्धनाथको मन्दिरको दर्शन गर्ने भएका छन् ।

भारत भ्रमण सकेर फर्किने क्रममा उनीहरू करिब ५ घण्टा नेपालमा रहने परराष्ट्र मन्त्रालय स्रोतले  बताएको छ । त्यसक्रममा उनीहरूले स्वयम्भु र बौद्धनाथको मन्दिर दर्शन गर्ने तयारी रहेको बताइएको छ ।

यसको सुरक्षा प्रबन्ध मिलाइसकिएको परराष्ट स्रोतले बताएको छ । स्रोतका अनुसार, बिहान करिब १० बजेतिर काठमाडौं ओर्लिएलगत्तै उनीहरूको अनौपचारिक भ्रमण सुरु हुनेछ । यो भ्रमणका दौरान कुनै औपचारिक भेटघाट भने हुने छैन ।

‘भुटानका राजा र रानी दुवै भारत आएका बेला छोटो समयमा यहाँको धार्मिक स्थलको उहाँहरूले भ्रमण गर्न खोज्नु भएको हो,’ स्रोतले भन्यो, ‘यसबाहेक कुनै औपचारिक कार्यक्रम राखिएको छैन ।’