Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

२२ प्रशासन कार्यालय र नेपाली नियोगबाट पुनः सुरु भयो राहदानी सेवा





 काठमाडौं ।

राहदानी विभागले २२ वटा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट रोकिाएको राहदानी सेवा पुनः सुरु गरेको छ । राहदानी प्रणालीमाथि खतरनाकम साइबर हमाला भएपछि ५ मंसिरमा बन्द गरिएको राहदानी सेवा क्रमशः फेरि सुरु गर्न विभागले काम गरिरहेको छ ।

अहिले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा विना कुनै अवरोध विना सेवा सञ्चालन भइरहेको र आकस्मिक सेवा लिन चाहने सेवाग्राहीले सहज रूपमा विभागबाट सेवा लिइरहेको विभागले जनाएको छ । सबै जिल्ला र विदेशस्थित नियोगमा पनि सेवा ‘रि स्टोर’ हुन सकेको छैन ।

‘हालसम्म जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरू गरी २२ स्थानबाट सेवा सुचारु गरिएको र अन्य स्थानहरूबाट क्रमशः तीव्रता पूर्वक काम भइरहेकोले केही दिन भित्रमा सबै स्थानबाट सेवा सुचारु गरिने छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।

यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइ गरी नियमित प्रक्रियाबाट सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउने काम भइरहेको सूचनामा उल्लेख छ । सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति विभाग संवेदनशील रहेको भन्दै विभागले असुविधाप्रति क्षमायाचना गरेको छ ।

विद्युतीय राहदानी प्रणालीमाथि साइबर हमला भएपछि मंसिर ५ देखि मंसिर १० गतेसम्म विभागको सेवा ठप्प भएको थियो । त्यसपछि विभागको कार्यालयबाट द्रुत सेवामा मात्रै राहदानी दिने सुविधा दिइएकोमा विभागले क्रमशः जिल्लास्थित प्रशासन कार्यालयहरु र विदेशस्थित नियोगमा सेवा पुनः सुरु गर्दै लगेको छ ।

अझै दर्जनौं कार्यालयहरूमा राहदानी सेवा कहिले सुरु हुन्छ भन्ने अनिश्चित छ ।