Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विवाहपञ्चमी महोत्सव अन्तर्गत मटकोर सम्पन्न, बिहेको बेदीका लागि गंगासागरबाट माटो लागियो (फोटो फिचर पनि)

शुक्रबार बैबाहिक कार्यक्रम हुने





शिवानी मिश्र
जनकपुरधाम
रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत मटकोर कार्यक्रम आज एक समारोह बीच सम्पन्न भएको छ । जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा भएको सो कार्यक्रममा नेपाल भारतका साधु सन्तहरुको सहभागिता रहेको थियो । समारोहमा नाचगान र गीत गायन कार्यक्रम समेत राखिएको थियो ।
रामजानकीको झाँकी राखेर भएको सो कार्यक्रममा सहभागीहरुले रामजानकी सम्बन्धि गीत समेत गाएका थिए । कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको नेतृत्वमा मटकोरका लागि महिला, तथा साधुसन्तहरु गंगा सागर पुगेका थिए । मटकोरमा रामजानकीको विहेका लागि वेदी वनाउन माटो लगिने परम्परा रहेको छ । गंगासागरमा उत्तराधिकारी महन्थले कोदालो लिएर माटो निकालेका थिए ।
मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, संघीय सांसद जुली महतो, प्रदेश सांसद राजेन्द्र चौधरी जिल्ला सम्न्वय समितिका अध्यक्ष राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह लगायतको सहभागिता रहेको थियो ।

अतिथि एवं साधुसन्तलाई प्रदेश सांसद रामअशिष यादव, सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष सुरेश शर्मा, सेभ हिस्टोरिकलका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

जानकी जन्मोत्सवको सन्दर्भ पारेर विवाहको हरेक कार्यक्रम जनकपुरमा अहिले भईरहेको छ । भोलि वैदिक परम्परा अनुसार रामजानकीको विहे हुनेछ ।

फोटोः आदर्श कुमार साह