Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिरहाको धनगढीमाई नगरपालिकामा औषधी खरिदमा भ्रष्टाचार

प्रशासकिय अधिकृतसहित ५ जनाबिरुद्ध मुद्दा





जनकपुरधाम ।
सिहाको भनगढीमाई नगरपालिकाले औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार विशेष अदालतमा पाँच जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो । जसमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, तत्कालीन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव र हेल्पिङ मल्टी प्रपोज प्रालि मैतीदेवीका प्रबन्धन निर्देशक माधवप्रसाद गौतम छन् ।
आर्थिक वर्ष २०७८/0७९ मा आधारभूत तथा आकास्मिक स्वास्थ्य सेवाका औषधी खरिदमा भ्रष्टाचार भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । नेपाल सरकारको सःशर्त अनुदान शिर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधीहरू प्रचलित मूल्य भन्दा बढी मूल्य राखी उनीहरूले खरिद गरेको खुलेको छ ।
यसरी उनीहरूले ४ लाख ६० हजार ८१० रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । प्रतिवादीहरु सबैलाई जनही ४ लाख ६० हजार ८१० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।