Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लादोबेलाका स्थानीयको दुःखेसोः आफ्नै जग्गा खाली गराउन प्रहरीले लखेट्छन्





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ लादोबेलाका स्थानीयले आफूहरुलाई आफ्नै जग्गा खाली गराउन प्रहरी प्रशासन राति राति आएर लखेट्ने गरेको आरोप लगाएका छन् । ३० वर्ष अगाडी जग्गा मोल लिएर वसोवास गर्दै आएपनि प्रहरी प्रशासनले आफूहरुलाई अचानक अहिले आएर लखेट्न राति राति आउने गरेको आरोप स्थानीय मुस्लिम राईनले लगाए ।
राइनका अनुसार तत्कालिन विन्दही गाविसका जमिन्दार हरिहर प्रसाद रेग्मीको १८ कठ्ठा जग्गा थियो । अहिले रहेको मस्जिदको सडकको पारीपट्टीको त्यो १८ कठ्ठाको प्लटबाट जग्गा मोल किनेर त्यहाँका स्थानीय वास बसेका थिए । राइनले भने ‘आफू रेग्मीजीको कार्यकर्ता थिएँ, उनकै आदेशानुसार मैले रुपैयाँ लिएर जग्गा रजिष्ट्री गराएको थिएँ ।’ ३० वर्ष अगाडी उहाँबाट जग्गा किने, पछि रेग्मीजी यहाँबाट गईसक्नु भयो हामी घर बनाएर बस्न थाल्यौँ ।’ तर उनको नाती अचानक अहिले आएर मेरो १४ धुर जग्गा यसमा बाँकी छ, मलाई दिनु पर्यो भन्दै परेशान गर्ने गरेको राइनले बताए । उनले प्रहरी प्रशासन समेत पैसाबलाको बोली सुनेर राति राति लखेट्नकालागि आउने गरेको दुखेसो पोखे ।
यता जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३को वडाध्यक्षका प्रत्याशी रंजित चौधरीले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी आएर यहाँका गरिब विपन्नलाई राति राति आएर परेशान गर्नु चिन्ताको विषय रहेको बताए । उनले जिल्ला प्रहरी कार्यालयले आफै छलफलकालागि २६ गतेको मिति दिएपनि त्यस अगाबै यसरी तरकारी बेचेर गुजारा चलाउनेहरुलाई परेशान गर्नु उचित नरहेको बताए ।