Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुदुरपश्चिमले काठमाण्डुलाई ७३ रनले पराजित गर्यो





काठमाडौं ।
नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हराएको छ । युवा बलर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको हो ।
नरेनले ५ विकेट लिएपछि १६८ रनको लक्ष्य पछ्याएको काठमान्डु गुर्खाज १५.५ ओभरमा ९४ रनमै अलआउट भयो । नरेन जारी एनपीएलमा एकै खेलमा ५ विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बने । यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहल तनविरले काठमान्डु विरुद्ध नै ५ विकेट लिएका थिए ।
नरेन यू१९ एसिया कप खेलेर हिजो मात्रै काठमाडौं आइपुगेका हुने र भोलीपल्ट एनपीएलमा डेब्यु गर्दै सानदार प्रदर्शन गर्दै ५ विकेट लिए । नरेन बाहेक अविनाश बोहराले ३ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर २ विकेट लिए । यस्तै ब्राण्डन म्याकमुलेन र सैफ जैबले समान १ विकेट लिए ।
काठमान्डुका लागि स्टेफेन इस्किनाजीले सर्वाधिक ३७ रन बनाए । ३३ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । सुमित महर्जनले १४ तथा भिम शार्की र जेरार्ड एरासमसले समान १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ब्राण्डन म्याकमुलेनको अर्धशतक र दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा १६७ रन बनाएको थियो । म्याकमुलेनले ३६ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । यस्तै कप्तान दीपेन्द्रले २५ बलमा ३ चौका र २ छक्का मदतमा ४३ रन जोडे । ओपनर विनोद भण्डारीले २८ बल खेल्दै समान २ चौका र छक्का मदतमा ३५ रन बनाए । सैफ जैबले ११ रन जोडे । काठमान्डुका रासिद खानले २ विकेट लिए । कप्तान करण केसी, शाहब आलम र एरासमसले १–१ विकेट लिए ।