Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सामान्थासँग डिभोर्स गरेका अभिनेता नागा चैतन्यले गरे बिहे





एजेन्सी ।
दक्षिण भारतीय अभिनेता नागा चैतन्यले वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले अभिनेत्री शोभिता धुलिपालासँग बिहे गरेका हुन् । दुवैले सन् १९७६ मा नागा चैतन्यका हजुरबुवा अक्किनेनी नागेश्वर रावले स्थापना गरेको हैदराबादको एउटै अन्नपूर्ण स्टुडिओमा बिहे गरे ।
चैतन्यका बुवा अभिनेता नागार्जुनले दुवैको विवाहको तस्बिर सेयर गरेका छन् । नागार्जुनले लेखेका छन्, ‘शोभिता र नागाले सँगै यो सुन्दर अध्याय सुरु गरेको देख्नु मेरा लागि विशेष र भावुक क्षण हो । मेरो प्यारो छोरालाई बधाई छ र प्रिय शोभितालाई परिवारमा स्वागत छ । तपाईंले हाम्रो जीवनमा धेरै खुसी ल्याइसक्नुभएको छ ।’
उनीहरूको बिहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । दुवैले सामाजिक सञ्जालमा बिहेको तस्बिर सेयर गरेका छन् । तस्बिरमा शोभिता रेशमी सारी र सुनका गहनामा देखिएकी छन् भने नागा चैतन्य सेतो कुर्ता र धोतीमा देखिएका छन् । नागा चैतन्यको यो दोस्रो बिहे हो ।
यसअघि नागाले सामन्था रुथ प्रभुसँग सन् २०१७ मा प्रेमविवाह गरेका थिए । पहिले हिन्दु र त्यसपछि ७ अक्टोबरमा इसाई परम्पराअनुसार विवाह गरेका थिए । विवाहपछि सामन्थाले आफ्नो नाम अक्किनेनी राखेकी थिइन् । तर, विछोडको खबरबीच सामन्थाले आफ्नो ट्विटर ह्यान्डलबाट अक्किनेनीलाई हटाएर सामन्था रुथ प्रभु बनाएकी थिइन् । उनीहरू दुवै सन् २०२१ छुट्टिए ।