Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य १ लाख डलर भन्दा बढि





काठमाडौं ।
बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलर भन्दा माथि नै बढेको छ । बिहीबार कारोबार भइरहँदा बिटक्वाइनको मूल्य १ लाख ३ हजार अमेरिकी डलर पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ४.६७ प्रतिशतले बढेको हो । पछिल्लो एक महिनामा बिटक्वाइनको मूल्य उच्च दरले बढेको छ
एक महिनाकै अवधिमा क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य करिब ४७ प्रतिशत बढेको छ । अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएदेखि नै बिटक्वाइनको मूल्य उच्च दरमा बढिरहेको छ ।
अहिले फेरि राष्ट्रपतिको अर्को घोषणाले बिटक्वाइनको भाउ बढेको छ । राष्ट्रपतिले सेक्युरिटिज एण्ड एक्स्चेन्ज आयोगको अध्यक्षको जिम्मा पल एटकिन्सलाई दिने घोषणा गरेसँगै बिटक्वाइनको मूल्यले अर्को उचाइ लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ ।
एटकिन्सले अमेरिकामा क्रिप्टोमैत्री नीतिको विकास गर्ने अनुमान गरिएको छ ।
अध्यक्षमा एटकिन्सको आगमन हुने भएपछि क्रिप्टो बजारका लगानीकर्ता उत्साहित भएका छन् । हालका अध्यक्ष ग्यारी गेन्सलरले अमेरिकामा क्रिप्टोमैत्री नीति तथा विकासका लागि ध्यान नदिएको आरोप लाग्दै आएको छ ।
यसअघि ट्रम्पले अमेरिकालाई ‘बिटक्वाइन र क्रिप्टोकरेन्सीको राजधानी बनाउने बाचा गरेका थिए । सो बाचाअनुरुप नै ट्रम्पले आयोगमा फेरबदल गर्न लागेको अनुमान गरिएको छ ।
बिटक्वाइनका अलवा पछिल्लो एक महिनामा अन्य क्रिप्टोकरेन्सीको भाउ पनि बढेको छ । इथरियमको भाउ ३ हजार ८९८ अमेरिकी डलर पुगेको छ । एक महिनामै इथेरियमको भाउ ६० प्रतिशत बढेको छ ।