Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एनपिएलमा जनकपुर बोल्ट्सको लगातार तेस्रो जीत, पोखरा एभेन्जर्स ७ विकेटले पराजित





जनकपुरधाम ।
नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो हार व्यहोर्दा जनकपुरले भने लगातार तेस्रो जित निकालेको छ । बिहीबारको पहिलो खेलमा जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको हो ।
एनपीएलको तीन खेलमा अपराजित जनकपुर ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराएको थियो । दोस्रो खेलमा भने कर्णाली याक्सलाई ८ विकेटले नै हराएको थियो ।
पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।
पोखराले दिएको लक्ष्य भेट्टाउन लाहिरु मिलान्थाले ४५ रनको योगदान दिए । उनले ३२ बलमा ८ चौका प्रहार गरे । आशिफ शेखले ३४ बलमा ३ चौका सहयोगमा ३३ रन थपे । जेम्स निसम ४० र हर्ष ठाकेर १३ रनमा अविजित रहे । पोखराका लागि विपिन खत्री, माइकल लिक्स र कुशल भुर्तेलले समान एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३ रनको योगफल तयार पारेको थियो ।
नारायण जोशी ५ र विपिन खत्री १ रनमा अविजित रहे । म्याथु क्रिस्टले बनाएको ३५ रन नै पोखराका लागि सर्वाधिक रह्यो। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दा ललित राजवंशीको बलमा अनिल शाहको हातबाट क्याच आउट हुन पुगे ।
माइकल लिस्कले २५ रन थपे। १२ बलमा २५ रन बनाएका लिस्क किशोर महतोको बलमा आशिफ शेखको हातबाट क्याच आउट भए । पाँचौँ ओभरको अन्तिम बलमा ओपनर आन्द्रेस घोषलाई गुमाएको पोखराले छैटौँ ओभरको पाचौँ बलमा अर्का ओपनर दिनेश खरेललाई गुमाउन पुग्यो ।
पाचौँ ओभरको अन्तिम बलमा १६ बलमा ३ चौका र १ छक्का प्रहार गरेका उनी ललित राजवंशीको बलमा आशिफ शेखको हातबाट क्याच आउट भए । छैटौँ ओभरको पाचौँ बलमा दिनेश खरेल १० रन बनाउँदै क्याच आउट नै हुन पुगे ।
रेमोन रेफर १७ रन बनाउँदा जेम्स निसमको बलमा अनिल शाहको हातबाट नै क्याच आउट भए ।
दिलीप नाथले ११ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा एलबीडब्लु धरापमा परे । कप्तान कुशल भुर्तेल ६ रन बनाउँदै पेभेलियन फर्के । जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिए । उनले आफ्नो स्पेलमा ३१ रन खर्चे । जेम्स निसमले २ विकेट झारे। मोहम्मद मोहसिन र किशोर महतोले एक विकेट आफ्नो नाममा गरे ।
आजै हुने दोस्रो खेलमा सुदुरपश्चिम रोयल्स र काठमाडौं गुर्खाज भिड्दै छन् । सो खेल दिउँसो १ बजे सुरु हुनेछ ।