

जनकपुरधाम ।
सिराहामा अटोको ठक्करबाट एक युवकको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका छन् ।
चोहर्वा सिराहा सडक खण्डमा पर्ने भलुवाही चौकमा बुधबार साँझ अटोले ठक्कर दिँदा सिराहा नगरपालिका–११ भलुवाहीका २१ वर्षीय निरज कामतको मृत्यु भएको थियो । घटनाको विरोधमा बिहीबार बिहानैदेखि स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । सडकमा पैदल हिँडिरहेका कामलाई स १ ह ७२४ नम्बरको अटोले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयको प्रदर्शनको कारण सिराहा चोहर्वा सडक खण्डमा बिहीबार बिहानैदेखि गाडी चल्न सकेका छैनन् । स्थानीयले अटो चालकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानले अटो चालकलाई पक्राउ गरिएको जानकारी दिए । ‘सडकको अवरोध खुलाउने प्रयास भइरहेको छ,’ डीएसपी पासवानले भने ।
