Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

३ महिनामै ढल्यो फ्रान्सको सरकार





एजेन्सी ।
फ्रान्समा ६२ वर्षपछि पहिलोपटक अविश्वास प्रस्तावबाट सरकार ढलेको छ । अविश्वास प्रस्ताव बहुमतले पास भएपछि तीन महिना अघि मात्रै प्रधानमन्त्री बनेका मिशेल बर्निये पदमुक्त भएका छन् ।
बीबीसीका अनुसार फ्रान्समा अविश्वास प्रस्तावबाट सरकार ढलेको सन् १९६२ पछि पहिलोपटक हो ।
सोमबार दक्षिणपन्थी र वामपन्थी दलका सांसदहरुले प्रधानमन्त्री मिशेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव बहुमतले पास भएको बीबीसीले जनाएको छ । अविश्वास प्रस्ताव पास हुनका लागि २८८ मत चाहिनेमा पक्षमा ३३१ मत परेको थियो ।
मिशेल तीन महिनाअघि मात्रै प्रधानमन्त्री बनेका थिए । अविश्वास प्रस्तावमा हारेपछि फ्रान्सको इतिहासमा सबैभन्दा कम समय पदमा रहने प्रधानमन्त्री मिशेल बर्निये बनेका छन् । उनी ९१ दिनसम्म मात्र प्रधानमन्त्री रहे ।
फ्रान्समा यसै वर्षको जुलाईमा आम चुनाव भएको थियो । तर कुनै पनि दलले बहुमत पाएका थिएनन् । त्यसैले राष्ट्रपति इम्यानुअल म्याक्रोले बर्नियेको नेतृत्वमा सरकार गठन गरेका थिए ।
फ्रान्समा सामाजिक सुरक्षा बजेटको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच तनाव बढेको थियो । प्रधानमन्त्री बर्नियेले संसदमा भोटिङ नगराइकन बजेट पास गर्ने निर्णय गरेपछि वामपन्थी र दक्षिणपन्थी दलका सांसदहरुले अविश्वास प्रस्ताव ल्याएका थिए ।
आज प्रधानमन्त्री बर्नियेले राष्ट्रपति म्याक्रोसमक्ष आफ्नो राजीनामा पेस गर्ने छन् । सरकार ढलेसँगै आगामी वर्ष सन् २०२५ मा देशको बजेटलाई लिएर चिन्ता व्यक्त भइरहेको छ ।