Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर





जनकपुरधाम ।
भगवान राम र जानकीको वैवाहिक कार्यक्रम अन्तर्गत आज जनकपुरधाममा मटकोर हुनेछ । मटकोरमा जानकी मन्दिरबाट बाजागाजा सहित महिलाहरु जनकपुरधामको ऐतिहासिक गंगासागरमा पुगि विहेको बेदी बनाउनका लागि माटो ल्याउने छन् । महिलाहरु माटो बोकेर नगर परिक्रमा समेत गर्नेछन् । मटकोरको क्रममा गंगासागरको डीलमा भजनकिर्तनको कार्यक्रम समेत राखिएको छ ।
जानकीको प्रतिकको रुपमा रहेकी बालिकालाई लिएर बाजागाजा सहित मन्दिरको टोली गंगासागर पुग्ने गर्छन् । वैदिक मन्त्र उच्चारण गरि विधिपुर्वक जानकी मन्दिरमा भित्रयाइएको माटोले रामजानकी विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ ।
जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र आज पाँचौ दिन मटकोर कार्यक्रम हुनेछ । शुक्रबार स्वयम्बर तथा विवाहोत्सव र शनिबार रामकलेवा संगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।