Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रामजन्म भूमि तिर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत राय जनकपुरधाममा





जनकपुरधाम ।
भारतको अयोध्यास्थित रामजन्म भूमि तिर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय बुधबार अबेर साँझ जनकपुरधाम आई पुगेका छन् । सीताराम विवाहमा सहभागी हुनकालािग अयोध्याबाट आएका जन्तीसंगै जनकपुरधाम आउन नसकेका महासचिव राय, अयोध्याका मेयर गिरिश त्रीपाठीसंगै जनकपुरधाम आई पुगेका हुन् । दूबै जनालाई विश्व हिन्दु परिषदका नेपाल उपाध्यक्ष रघुनाथ साह, धनुषा अध्यक्ष संतोष साह तथा योगगुरु मनोहर साहले स्वागत गरेका छन् ।
यस अघि भिठामोड नाकामा महोत्तरीको जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश ठाकुर सोनार र मनरासिस्वा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेले स्वागत गरेका थिए । जलेश्वरमा महासचिव राय जलेश्वरनाथ महादेव मन्दिरमा पूजा अराधना पश्चात जनकपुरधामकालागि प्रस्थान गरेका थिए । अब उनी मंसिर २१ गते जानकी मन्दिरको प्राङ्गणमा सीतारामको वैवाहिक कार्यक्रममा सहभागी समेत हुनेछन् ।