Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

देवेन्द्र फडणविस महाराष्ट्रको नयाँ मुख्यमन्त्री





एजेन्सी ।
भारतीय जनता पार्टी (भाजपा) का नेता देवेन्द्र फडणविस महाराष्ट्रको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार आज (बुधबार) महायुती गठबन्धनका नेताहरूले फडणविसको नेतृत्वमा सरकार गठनको दाबी पेस गर्ने छन् । यसअघि आजै भाजपाले फडणविसलाई विधायक दलको नेता चयन गरिसकेको छ ।
अब उनले महाराष्ट्रको ३१औँ मुख्यमन्त्रीका रूपमा शपथ भोलि डिसेम्बर ५ मा मुख्यमन्त्री पदको शपथ खानेछन् । शपथ समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन् । हालै सम्पन्न महाराष्ट्र विधानसभा चुनावमा भाजपाले १३२ सिट, शिवसेनाले ५७ सिट र एनसीपीले ४१ सिट जितेका छन् ।
गत नोभेम्बर २० मा महराष्ट्रका २८८ विधानसभा सिटका लागि मतदान भएको थियो र नोभेम्बर २३ मा मतगणना भएको थियो ।