Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

१०८ मिटरको चुनरी जानकी मातालाई चढाइयो (फोटो फिचर पनि)





सुजीतकुमार झा
जनकपुरधाम ।
१०८ मिटरको चुनरी जानकी मातालाई आज जनकपुरधाममा चढाइएको छ । सीताराम गौशालाद्वारा चढाइएको सो चुनरी सुरतको जिनमाता ट्रष्टले उपलब्ध गराएको थियो ।
रामजानकीको तिलक भन्दा पूर्व सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको नेतृत्वमा बुझाइएको सो चुनरीलाई लिएर सयौ महिला पुरुष जानकी मन्दिरमा पुगेका थिए । मन्दिर पुग्नु पूर्व चुनरीलाई लिएर नगर परिक्रमा गरिएको थियो । चुनरी सहित परिक्रमा भइरहेको बेला स्थानीयवासी चुनरी माथि फुल बर्षाएका थिए ।
आजको चुनरी चढाउने कार्यक्रम इभेन्ट जस्तै भएको जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मलकुमार चौधरीले बताउनुभयो । ‘एकातिर हामीले चुनरी चढायौ अर्को तर्फ गौसंरक्षणको संदेश दिने प्रयास गरेको,’ रुगंटाले जानकारी दिनुभयो ।
एकातिर जानकी माता र भगवान रामको तिलक भइरहेको छ अर्को तर्फ यो चुनरी कार्यक्रम विवाहपञ्चमी उत्सवमै रौनकता थपेको कथन जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको रहेको छ । चुनरी चढाउने दृश्य अद्भूत रहेको मोडेल खबरसँग कुरा गर्दै उहाँले बताउनुभयो ।
‘यस्तो जुलुस र आमव्यक्तिले श्रद्धा देखाउँछ शुरुमा विश्वासै थिएन तर गौशालामा निस्किन लाग्दा महिला पनि उल्लेख्य रुपमा सहभागि भए,’ गौशालाका सदस्य एवं सुनचाँदी व्यवसायी पवनकुमार ठाकुरले बताउनुभयो ।
जुलुसमा पूर्व मन्त्री एवं सांसद जुली महतो लगायत विभिन्न राजनीतिकर्मीहरुको पनि सहभागिता रहेको थियो । यस्तो चुनरी जुलुस आफूले जीवनमा प्रत्यक्ष नदेखेको मारवाडी सेवा समितिका महासचिव प्रमोद अग्रवालले बताउनुभयो ।
जुलुस गौशालाबाट निस्केर राम चौक, जनक चौक हुँदै शिवचौकसम्म पुगेको थियो फेरी पुरानो बजार परिक्रमा गर्दै जानकी मन्दिर पुगेको थियो ।