Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन, धनुष यज्ञ सम्पन्न (फोटो फिचर पनि)





सुजीतकुमार झा
जनकपुरधाम ।
रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ सम्पन्न भएको छ । जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदानमा भएको सो धनुष यज्ञमा भगवान रामले धनुष तोडेका थिए ।
अयोध्याबाट आएका बरियाती(जन्ती)को उपस्थितिमा भएको सो धनुष यज्ञमा हजारो व्यक्ति साक्षीको रुपमा रहेका थिए । भगवानले धनुष तोडेपछि हजारो श्रद्धालुले ताली बजाएर स्वागत गरेका थिए ।
रामायणका अनुसार त्रेता युगमा शिवको पिनाक धनुष तोडेपछि भगवान रामको माता सीतासँग बिहे भएको थियो । राजा जनकले धनुष उचाल्ने महाशक्तिशालीसँग मात्र छोरी सीताको विवाह गर्ने निधोका साथ धनुषयज्ञ आयोजना गरे । यसमा शक्तिशाली राजा र राजकुमारहरू सहभागी भए पनि कसैले धनुष हल्लाउन नसकेपछि भगवान रामले धनुष तोडेका थिए ।
त्रेता युगमा भगवान श्रीरामले धनुषा भाँचेर सीतासँग विवाह भएको धार्मिक शास्त्रहरूमा उल्लेख गरिएको हुदाँ भगवान् रामको प्रतिकात्मक रुप धारण गरेका
अयोध्याबाट करिब पाँच सयको संख्यामा आएका साधुसन्तको जन्ती टोली पनि धनुषयज्ञमा सहभागी भएका थिए । जनकपुरधाममा प्रत्येक वर्ष विवाहपंच्मी भव्यताका साथ मनाएपनि अयोध्याबाट पाँच वर्षको अन्तरालमा जन्ती आउने गरेका छन् । यसपाली चौथोपटक अयोध्याबाट जनकपुर जन्ती आएको हो । जन्तीको नेतृत्व दशरथको रुपमा विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय मन्त्री राजेन्द्र सिंह ‘पंकज’ ले गरेका छन् ।

धनुष यज्ञ समारोहमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, संघीय कानुन मन्त्री अजय चौरसिया, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह लगायतका व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।

सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आइतबार साँझ जानकी मन्दिर परिसरमा नगर दर्शन गराइएको थियो। दोस्रो दिन विवाह मण्डपको बंगैचामा फूलबारी लीला दर्शन गराइएको थियो।
चौथो दिन तिल्कोत्सव, पाँचौं दिन मटकोर तथा पूजा कार्यक्रम मनाइनेछ । छैटौं दिन अर्थात् मंसिर २१ गते जनकपुरकै राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट निस्केका जानकीको डोला रंगभूमी मैदान पु¥याउने छ । त्यहाँ स्वयंवर हुनेछ भने सोही राती सीतारामको विवाह हुनेछ । २२ गते रामकलेवा हने कार्यक्रम रहेको छ ।