

जनकपुरधाम ।
जनकपुरधाम नगरक्षेत्रमा माछा–मासु, मदिरा सेवन र बिक्री–वितरणमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै ३ दिनका लागि माछा मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाएको हो । सूचनामा मंसिर १९ गते राति १२ बजेदेखि मंसिर २२ गते राति १२ बजेसम्म नगरक्षेत्रमा माछा–मासु तथा मदिरा बिक्री वितरण नगर्न भनिएको छ । जनकपुर नगरदर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सव रामकलेवा गरेसँगै मंसिर २२ गते सम्पन्न हुनेछ ।
