Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबिच भेटवार्ता





काठमाडौँ ।
चार दिने भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका छन् ।
बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा भएको कुराकानीबारेमा प्रधानमन्त्रीको सचिवालयले केही खुलाइसकेको छैन ।
गत असार ३० मा प्रधानमन्त्री भएका ओलीले आफ्नो पहिलो औपचारिक भ्रमण उत्तरी छिमेकबाट थालेका हुन् । राष्ट्रपति सीसँग भेटवार्ता हुनुअघि प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङ्सँग संवाद गरेका थिए ।
त्यसपछि दुई देशबीचमा विभिन्न नौ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । तर ती सहमतिमा खासै महत्वका छैनन् । दुई समकक्षीबीचको सम्झौतामा बेल्ट एन्ड रोड परियोजनालाई ठोस रुपमा सम्बोधन गरिएको छैन ।