Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दुधमती नदिको नक्सांकन तथा उत्खनन् गरिने





जनकपुरधाम ।
दुधमती नदीको अतिक्रमित क्षेत्रको सीमांकन, नक्सांकन तथा उत्खनन् कार्य सुरु गरिने भएको छ ।
मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा रहेको दुग्धमती नदी संरक्षण उच्चस्तरीय समितिको बैठकले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवको संयोजकत्वमा दुग्धमती नदी संरक्षणात्मक कार्य कार्यान्वयन उपसमिति गठन गर्दै सो सम्बन्धी कार्य तत्काल र तीव्रताका साथ सुरु गर्ने निर्णय गरेको हो ।
धार्मिक तथा पौराणिक आस्था र विश्वाससँग जोडिएको मात्र नभएर सिँचाइ तथा खानेपानी समेतको महत्वपूर्ण स्रोत दुधमती नदी संरक्षण हुनैपर्ने भएकाले प्रदेश सरकार उत्खनन्सहितको कार्य अगाडि बढाएको उच्चस्तरीय समितिका अध्यक्ष एवम् मुख्यमन्त्री सिंहले बताए ।
उनले भने, ‘पवित्र स्नान तथा नदीको पूजन परम्परामार्फत स्थानीय पर्यटन प्रवद्र्धन र प्रदेशका बहुसँख्यक खोला खहरे भएका बेला नदीको प्राकृतिक बहाव क्षेत्र पुर्नस्थापना जरुरी हुँदा सरकारले यस कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।’
मुख्यमन्त्री सिँहको अध्यक्षतामा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री यादव, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका प्रदेश सचिव जक्की अहमद अन्सारी, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरू, मधेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशकलगायत सम्मिलित दुग्धमती नदी संरक्षण उच्चस्तरीय समितिले पिलरसहित सीमाङ्कन, नक्साङ्कन तथा पहिचान भएको सीमाभित्र नदीको प्राकृतिक बहाव क्षेत्रलाई अतिक्रमणमुक्त गराउन उत्खनन् गर्ने निर्णय गरेको छ ।