

♦डा. वीरेन्द्र ‘मुनिजी’
लाओत्सु, चीनका प्रसिद्ध दार्शनिक बारे मान्यता छ कि उनी बुढो अबस्थामा जन्म लिएका थिए । उनी ८० बर्ष सम्म गर्भमै रहेका थिए । जन्मदा सेतो फुलेको कपाल, ८० बर्षका बुढो अबस्था थियो । उनलाई ‘ता ओते चिंग’ नामक उपदेशका लेखकको रुपमा आधुनिक युगले चिन्ने गरेको छ । जरथुस्त्र जो इरानका प्राचीन धर्मका संस्थापकको रुपमा प्रख्यात छ्न । उनी जन्म लिने बितिक्कै खितिखिती हाँसेका थिए । उनीद्वारा स्थापित संसारका एक मात्र धर्म हो जसलाई ‘हाँसी रहेको धर्म’ भनेर चिनिन्छ । सुकदेव मुनि जो महर्षि वेदव्यासका पुत्र थिए । उनी पनि १२ वर्ष सम्म गर्भमै रहेका थिए । बुद्धको बारेमा मान्यता छ कि उनी उभेको अवस्थामा जन्म लिएका थिए । उनी जन्मिदा उनका आमा एउटा वृक्षमुनि उभिरहेकी थिइन् र बुद्ध जन्मना साथ भुइमा नखसीकनै हिड्न थाले र सात पैला चाल्दै आठौँमा ४ वटा सत्यहरुका उद्घोष गरेका थिए ।
सुकदेव मुनि १२ बर्षसम्म गर्भमै रहे, लाओत्सु सेता कपाल भएको ८० वर्षका बुढोको रुपमा जन्म लिए । बुद्ध जन्म लिने बित्तिक्कै हिड्न थाले, जरथुस्त्र खितिखिती हाँस्दै जन्म लिए…..यी सबै संसारलाइ अच्चाम्भित पर्ने आश्चर्यजनक घट्नाहरु ती महान व्यक्तिहरुको जन्म उपरान्त घटित भएको देखिन्छ । तर ती सबै आश्चर्यजनक अच्चाम्भित पर्ने घट्नाहरुलाइ मात दिने कार्य भ्रूण अबस्थामै तत्वज्ञानका सम्पूर्ण अभिव्यक्ति दिएर ‘तत्वज्ञानी भ्रूण’, जो कालान्तरमा ‘अष्टाबक्र’ का नामले प्रसिद्ध भए, उनले गरेको पाइन्छ ।
प्राचीन मिथिला, जहाँको राजालाइ ‘जनक’ को उपाधिले अलंकृत गरिएको थियो । प्राचीन कालखण्डमा यज्ञभूमि, तपोभूमि तथा ज्ञानभूमिको रुपमा विश्वविख्यात थियो । जुनबेला सम्पूर्ण भू–मण्डल ज्ञानबिहिन अन्धकारमय थियो त्यतिबेला नै मिथिलामा एक से एक तपस्वी, ऋषि, महर्षि, ज्ञानीहरुको व्यापक्ताले ज्ञानको अविरल गंगाको प्रबाह भइरहेको थियो । राजा जनक एक परम तपस्वी, ज्ञानी एवं जिज्ञासु थिए । उनको राज्य तथा दरबारमा तपस्वी, ऋषि, महर्षि एवं ज्ञानीहरुलाई परम आदर तथा अथोचित सम्मानका साथ आश्रय दिइन्थ्यो ।
राजा जनकका कालखण्डमा मिथिलाका ज्ञानरुपी गंगाको प्रवाह चरममा थियो । एक प्रसंगमा चर्चा भए अनुरुप सुखदेव मुनि जो स्वंम महर्षि वेदव्यासका पुत्र थिए । उनले आफ्ना पुत्रलाई सुझाव दिएका थिए कि यदि ज्ञान आर्जन गर्न चाहन्छौ भने राजा जनकको समिप मिथिला जाऊ, पिताको समिपमा पुत्रलाई अहंकार तथा माताको समिपमा ममता मात्र प्राप्त हुन्छ । राजा जनकको कालखण्डमा यज्ञ, तपस्वी, ज्ञानी तथा जनजनको धर्म प्रतिको आस्था, निष्ठाले मिथिला भूमि यति सम्म कृत–कृत्य थियो की स्वयं आदि शक्ति माता लक्ष्मी जगतजननी सीताको रुपमा प्रादुर्भाव गर्न मिथिला भूमि नै रोजेकी होलिन भन्दा अतिश्योक्ति नहोला । महर्षि आष्टाबक्र पनि उनकै कालखण्डका हुन, जसले राजा जनकलाई तत्वज्ञान दिएका थिए ।
आष्टाबक्रको बारेमा अत्यन्तै कम चर्चा भएको पाइन्छ ्र एउटा प्रसंग उनी भ्रूण अवस्थामा रहदाको घट्ना, अर्को उनी १२ वर्षकै उमेरमा महर्षि वन्दिनसंग गरेका शास्त्रार्थ र अन्त्यमा उनीद्वारा राजा जनकलाई दिइएको तत्वज्ञान, जुन आष्टाबक्र महागीताको रुपमा आज पनि ब्याप्त रहेको छ ।
प्राचीन मिथिलामा उद्दालक नाम गरेका एक महान ऋषि थिए जसको एक पुत्र श्वेत्केतु एवं एक पुत्री सुजाता थिइन् । महान ऋषि उद्दालक आश्रममा उनको एक प्रिय एवं परम विद्वान शिष्य थियो जसको नाम कहोड़ थियो । शिष्य कहोड़लाइ ऋषि उद्दालकले सम्पूर्ण वेदका ज्ञान दिईसकेपश्चात उनले आफ्नी पुत्री सुजाताको विवाह उनै संग गराईदिएका थिए । दैनिक वेदपाठी, परम विद्वान कहोड़ आफ्ना पत्नीका साथ गुरुकै आश्रममा जीवनयापन गरिरहेका थिए । जब सुजाता गर्भवती भइन्, भ्रूण अबस्थामै रहेको बालक उनका पिताद्वारा दैनिक रुपमा गरिने बेदपाठ सुन्न प्रारम्भ गरिदिए । ठीक महाभारतका पात्र श्रीकृष्णका शिष्य अभिमन्यु जस्तै, जसले चक्रब्यूह बारेका ज्ञान गर्भाबस्था नै पिता अर्जुनबाट सुनेका थिए ।
एकराती परम विद्वान कहोड़ स्वाभाविक दैनिकी बेदपाठ गरिरहेकै बेला अकस्मात भ्रूण अबस्थामा रहेको बालक आफ्ना पितालाई सम्बोधन गर्दै भन्छ, हे पिताश्री हजुरको अनुकम्पाले मैले बेदका प्रत्येक हाँगाहरुका ज्ञान प्राप्त गरिसकेको छु । हजुर रात–रातभरि वेदको पाठ गर्नुहुन्छ तर अझै शुद्ध–शुद्ध उच्चारण गर्न असफल भइरहनुभएको छ । अनि दैनिक वेदपाठ गर्नुको के फाइदा ? शब्दहरुमा पनि ज्ञान हुन्छ र ?, ज्ञान त स्वयंमा ब्याप्त हुन्छ । शब्दहरुमा सत्य कहाँ हुन्छन् ? सत्य पनि स्वयंमा नै ब्याप्त हुन्छन् ।
यी प्रसंग चलिरहेको बेला आश्रममा अन्य ऋषिहरुको पनि उपस्थिति थियो । पिता कहोड़ स्वभावतः अत्यन्त दुःखि भए । गर्भमै रहेको पुत्र मलाइ गलत भनिरहेको छ, बांगो बांगो कुरा गर्ने ध्रिस्टता गरिरहेको छ, मलाइ हिन देखाउने प्रयत्न गरिरहेको छ भनेर अत्यन्त क्रोधित हुदै हे बालक तिमि गर्भाबस्थामै यस्तो बांगो–बांगो कुरा गरिरहेको छौ, मलाई वेद सिकाउने ध्रिस्टता गरिरहेको छौ, जाउ तिम्रो आठ वटै अङ्ग बांगो–टिङ्गो भइजाओस भनि अहंकारयुक्त क्रोधाग्निमा पिताले भू्रणलाई अभिश्राप दिदिए । तसर्थ, जन्मदा बालकको आठवटा अंग बांगो–टिङ्गो भएकोले उनको नाम आष्टाबक्र हनु गयो ।
महर्षि वन्दिनसँग शास्त्रार्थः
महर्षि वन्दिन सँगको शास्त्रार्थको बारेमा दुई किसिमका प्रसंगहरु उल्लेख भएको पाइन्छ । एउटा प्रसंग अनुरुप आष्टाबक्र पिता कहोड़ उनको बाल्यावस्था देखि नै बिपत्ता परेको हुन्छ र आष्टाबक्र महर्षि उद्दालकलाइ नै आफ्नो पिता बुझिरहन्छ । केही समय पश्चात उनका मामा श्वेत्केतुबाट थाहा पाउँछ कि महर्षि उद्दालक उनका पिता होइन, उनका पिता कहोड़ हो र उनी बिपत्ता छन् । पिताको बारेमा सत्यता थाहा पाए लगत्तै उद्विग्न आष्टाबक्र आमा सुजातालाई पिताको बारेमा जिज्ञासा राख्दा आमाले तिम्रो पिताश्री एकदिन राजा जनकको बोलावामा उनको दरवार जानु भएको चियो, त्यहाँबाट आज सम्म फर्कनु भएको छैन । पिताको खोजमा आष्टाबक्र राजा जनकको दरबारमा जाँदा उनको भेट वान्दिंग सँग हुन्छ र उनी दूवै विच शास्त्रार्थ हुन्छ ।
अर्को प्रसंग अनुरुप राजा जनकको दरवारमा महर्षिद्वय वन्दिन र कहोड़ बीच शास्त्रार्थ भइ रहेको हुन्छ र कहोड़ पराजित भइसकेका हुन्छन् । उनको पराजयको घोषणा हुनैलाग्दा १२ बर्षका बालक आष्टाबक्र त्यहाँ उपस्थित हुन्छ र महर्षि वन्दिनलाइ शास्त्रार्थ गर्न चुनौती दिन्छन । ऋषि, महर्षि, तपस्वी, महाज्ञानीहरुले भरिभराउ रहेका राजा जनकका दरवारमा आठ अंग बांगो–टिङ्गा रहेका कुरूप आष्टाबक्र, जो हिडीरहेको अबस्थामा अझ बढी हास्यास्पद देखिन्थे, उनको उपस्थितिले सम्पूर्ण सभा हास्न लग्यो, स्वयं राजा जनक पनि हाँसो थाम्न सकेन र सभाको हाँसो संगै आष्टाबक्र पनि जोड़–जोड़ले हास्न थाले ।
आष्टाबक्रलाइ पनि हाँसिरहेको देखेर आश्चर्यचकित राजा जनकले सोधेछ, अरु सबै हाँसिरहेको कारण त म बुझीरहेको छु, तर तिमी किन ?
आष्टाबक्र आफ्नो स्वभावतः स्वरमा उत्तर दिदै भने – मैले सुन्ने गरेको राजा जनकको दरवार सायद यो होइन रहेछ, उनको दरबारमा त परम तपस्वी, ऋषि, महर्षि, ज्ञानीहरुले सु–सज्जित, भरिभराउ रहन्छ अरे, यो त चमारहरुको (छाला सम्बन्धि ज्ञान राख्ने) सभा रहेछ, यी चमारहरु यहाँ के गर्दैछन ?
आष्टाबक्र जवाफ सुनेर राजा जनकका सभा निःशब्द तथा स्तब्ध भयो, कसै संग कुनै जबाफ रहेन !
हिम्मत गरेर राजा जनकले अगाडी प्रश्न गर्छ, तिम्रो भनाइको तात्पर्य, मतलव ?
आष्टाबक्र जबाफमा भन्छन् – मतलव छर्लंग छ राजन, सिधा छ, यिनीहरुलाई मात्र मेरो छाला देखा परिरहेको छ, म होइन? म सोझो मनुष्य यिनीहरुलाई देखा परेन, बांगो–टिङ्गो शरीर मात्र देख्दो रहेछ ्र यिनीहरु सबै छाला मात्रका पारखी हुन !
हे राजन ! मन्दिर बाङ्गो हुदैमा आकाश बाङ्गो हुदैन, गाग्री फुट्दैमा आकाश फुट्दैन, आकाश त निर्विकार छ …मेरो शरीर बाङ्गो–टिङ्गो छ, तर म होइन ्र यो बाङ्गो–टिङ्गो शरीर भित्र जुन म छु त्यसलाई त हेर, र चिन्ने प्रयास गर, म भन्दा सोझो काँही कतै पाउदैनौ !
यज्ञवल्क्य, गार्गी, मैत्रेयी, जस्ता विद्वानहरुले अलिकृत राजा जनकका सभा स्तब्ध भयो । पुनः आष्टाबक्रले वन्दिनलाइ शास्त्रार्थको लागि स्वभावतः स्वरमा खुला चुनौती दिन्छन । राजा जनक केही प्रश्नहरु आष्टाबक्र सामु राख्छन जसका समुचित जबाफबाट राजा जनकलाई सन्तुस्टी प्रदान गर्दै, महर्षि वन्दिन सँग शास्त्रार्थको लागि अनुमति पाउछन र उनलाई पराजित गर्छन ।
दिव्य, अजेय, ज्ञानी बालक आष्टाबक्रको तेज सामु राजा जनक नस्मस्तक हुन्छन, उनलाई हिरा–पन्ना जडित विशिस्ट सिघांसनमा विराजमान गराउछन । उनको चरणकमलमा शिर राखी विन्ती, प्रार्थना गर्दै, मलाइ आफ्नो शिष्यको रुपमा धारण गर्नुस प्रभो, मलाई तत्वज्ञान बाट अभिभूत गराउनुस भनि याचना गर्छन ।
आष्टाबक्र राजा जनकलाई शिष्यको रुपमा स्वीकार गर्दै उनका जिज्ञासा प्रस्तुत गर्न भन्छन । यसै क्रममा राजा जनक र आष्टाबक्रद्वारा बीच भएको सम्बादलाइ ‘आष्टाबक्र महागीता’ भनिन्छ ।
राजा जनकका तिन जिज्ञासाहरु बाट संवादको प्रारम्भ हुन्छ ।
जनक उवाच्र
कथं ज्ञानमिाप्नोधि कथं मुधिभमधिष्यधि ।
वैराग्यं च कथं प्राप्तमेतद् ब्रूधह मम प्रभो ।। १।।
१. हे प्रभु ! मनुष्य आत्मज्ञान कसरी प्राप्त गर्न सक्छ ?
२. संसारिक बंधन अर्थात जन्म–मृत्युको गोल चक्करबाट कसरी मुक्त हुने ?
३. वैराग्य प्राप्तिको मार्ग के हो ?
जबाफमा अस्टाबक्र भन्नुहुन्छ –
आष्टाबक्र उवाच ्र
मुक्तिमिच्छसि चेत्तात विषयान विषवत्त्यज ।
क्षमाज्जर्यवद यातोषसत्यं पियुश्व्द्मज ।।२।।
हे प्रिय, यदि तिमि मुक्ति चाहन्छौं भने ‘बिषय’ लाई विष समान छोड देउ, र क्षमा, दया, सिधापन (आर्जव), सन्तोष र सत्यलाइ अमृत समान सेवन गर ।
न पृथ्वी न जलं नग्निर्न वायुधोर्ण वा भिवान ।
एषां साक्षिणमात्मानं चिद्रूपं विद्धि मुक्त्ये ।। ३।।
तिमी न पृथ्वीको छौ, न जलको, न वायुको, न अग्निको, न आकाश कै….यी पाँच तत्वहरुका सामुहिक यो स्थुल शरीर हो, त्यो पनि तिमि होइनउ, बालाबस्थाका शरीर किशोरावस्थामा रहदैन, युवा अवस्थाका शरीर वृद्धा अवस्थामा रहदैन ्र तर आत्मा, सबै अवस्थामा एक रुपमै ब्याप्त रहेका हुन्छन ।
यदि देहं पृथक्कृत्य चिती विश्राम्य तिष्ठसि ।
अधुनैव सुखी शांतः बंधमुक्तो भविष्यसि ।। ४।।
हे राजन ! जति बेला तिमी शरीरबाट आत्मालाइ अलग्ग गरेर चित्तलाइ स्थिर राख्न सक्छौ त्यति बेला मात्र तिमी सुख र शान्ति प्राप्त गर्न सक्छौ ।
एवं प्रकारले राजा जनकका जिज्ञासाहरुका तार्किक उत्तरहरु दिंदै बार्तालाप अगाडी बढ्दै जान्छन् र उनी दुई बिचका वार्तालाप नै आष्टाबक्र महागीता हो ।
