Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

धनुषाधाममा उखु लोड ट्याक्टर पल्टिदा चालकको मृत्यु





जनकपुरधाम ।
धनुषामा उखु लोड भएको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका – ४ बिर्ताका २८ वर्षीय सुनिल दास रहेका छन् । ढल्केबरबाट सिरहा तर्फ जाँदै गरेको ज १ त ४६१६ नम्बरको ट्याक्टर पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–६ जगदेव पुल नजिक मंगलबार बिहान साढे ९ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनमा परेर गम्भीर घाइते भएका चालक दासलाई लालगढ मोडेल हस्पिटलमा लग्दा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक उमाशंकर यादवले जानकारी दिए ।