Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विराटनगरलाई ९० रनले पराजित गर्दै सुदुरपश्चिमको सुखद शुरुवात





काठमाडौं ।
सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ ।
सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सले ९२ मात्रै बनायो । विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५ र क्रिस सोलेले १० रन बनाए । अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आक्रामक ब्याटिङ गरेको सुदूरपश्चिमले बलिङमा पनि उत्कृष्ट प्रदर्शन ग¥यो । विराटनगरविरुद्ध फराकिलो जीत निकाल्ने क्रममा अविनाश बोहोरा र स्कटले तीन÷तीन, ब्रान्डन, इशान पाण्डे र सैफ जैबले एक/एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा १८२ रन बनाएको थियो ।
कप्तान ऐरीले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै सानदार फिनिसिङ गरे । उनले १९.५ ओभरमा प्रतिश जिसीलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । अन्तिम बलमा पनि छक्का हानेपछि दीपेन्द्रले २४ बलमा अविजित ५७ रन बनाए । उनले ३ चौका र ५ छक्का प्रहार गरे । उनले बाउन्ड्रीबाट ४२ रन जोडेका थिए ।
सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५७, ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कटले १० रन बनाए ।
विराटनगरका अनिल खरेलले तीन, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एक/एक विकेट लिए ।