Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जन्मेको तीन वर्षसम्म छोरीलाई दराजमा थुन्ने आमालाई जेल सजाय





एजेन्सी ।
जन्मेलगत्तै तीन वर्षसम्म आफ्नी छोरीलाई दराजमा थुनेर राख्ने एक आमालाई बेलायतमा जेल सजाय दिइएको छ । महिलालाई साढे ७ वर्षको जेल सजाय सुनाइएको हो । अदालतले यसलाई ‘अत्यधिक लापरबाही’ भनेको छ । बालिकाले कहिल्यै उज्यालो नदेखेकी, ताजा हावामा सास समेत फेर्न नपाएकी उनको वकिलले भनेका छन् ।
घरमा पाहुना आउँदा बालिका रोएको सुनेपछि मात्र बालिकाको बारेमा थाहा भएको थियो । बालिकाको सुरक्षाका लागि उनी र उनको परिवारका सदस्य कसैको पनि परिचय खुलाइएको छैन । यो मुद्दाको विषयमा चेस्टर क्राउन कोर्टमा सुनुवाइ भएको थियो । अदालतले ती आमालाई सजाय दिएको छ । यस क्रममा बालिकाकी आमाले बालिकाप्रति निर्ममताको चारवटा आरोप पनि स्वीकार गरेकी थिइन् ।
महिलाले आफ्नी छोरीलाई हरेक खालको स्नेह र हेरचाहबाट वञ्चित गरेको न्यायाधीश स्टीभन एभरेटले भनेका छन् । महिलाले पर्याप्त खाना खान नदिएको, पर्याप्त स्वास्थ्य सेवा नदिएको पनि भनिएको छ । बालिका त्यो कोठामा जिउँदो लाशजस्तै भएर बाँच्न बाध्य पारिएको पनि बताइएको छ ।
बालिकाको अस्तित्व उनको भाइ बहिनीबाट समेत लुकाएर राखिएको अदालतले बताएको छ । आमाले यस बालिकाको जन्मको खबर आफ्नो पार्टनरबाट समेत लुकाएर राखेकी थिइन् । बालिका भेटिए पछि उनलाई नामै लिएर बोलाउँदा पनि कुनै प्रतिक्रिया दिन नसकेको क्राउन प्रोसिक्युसन सर्भिसका रेचेल वर्थिङ्टनले भनेकी छिन् । बालिका गम्भीर कुपोषित भएको अदालतलाई बताइएको थियो ।
तीन वर्षकी भएपनि बालिका सात महिनाको जत्रो मात्रै देखिन्थिन् । उनी यति कमजोर थिइन् कि उनलाई दूध मिसाएर खानेकुरा खुवाइन्थ्यो । बालिकालाई बोल्न गाह्रो हुनुका साथै अन्य कयौँ समस्याहरू पनि थिए । तर यसको उपचार ती बालिकाको आमाले गराइनन् । बालिकासँग यो अपराध सन् २०२० को सुरुदेखि नै हुँदै आएको थियो । यो क्रम २०२३ को सुरुवातसम्म जारी रह्यो ।