Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बाराको १६ वटै पालिकामा ४ दिन सार्वजनिक विदा





जनकपुरधाम ।
बारामा प्रत्येक पाँच वर्षको मंसिर महिनाभरी लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकाले ४ दिन सार्वजनिक बिदा दिएको छ ।
गढीमाई क्षेत्रको पर्यटकीय, संस्कृतिक विकास र प्रवर्द्धन गर्न जिल्लाको सबैै पालिकाले स्थानिय चाड पर्व बिदा अन्तर्गत अत्यावस्यक वाहेक सबै संघ संस्थालाई मंसिर २१ गते देखि २४ गते सम्म सार्वजनिक बिदा दिएको हो ।
मंसिर १ गते देखि सुरु भएको मेलामा स्थानीय पालिकाहरुले सार्वजनीक बिदा बाहेक भक्तजनहरुका लागी मेला प्रवेश गर्ने बाटो सहज बनाएको छ ।
भारतीय सिमावर्ति क्षेत्रबाट आउने दर्शनार्थीहरुलाई भंसारमा सहजीकरण गरेको पालीकाले मेला वरपर अस्पताल तथा, शौचालय, सहज बनाएको छ । नेपाल, भारत लगायतका देशबाट आउने दर्शनार्थीहरुलाई निःशुल्क बस्ने, खान समेत स्थानीय पालिकाहरुले मेला स्थलमा गरेको छ ।
मेलालाई व्यवस्थीत गर्न पालिकाहरुले प्रवेश गर्ने स्थानहरुमा गेट, बति, सौन्दर्यकरण गरेर १६ बटे पालिकाले अपनत्व लिएको यो पहिलो पटक हो ।
गत मंसिर २ गते जिल्लाको १६ वटै स्थानीय सरकारका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको बसेको बैठकले गढिमाई मेला वयवस्थीत तगर्न विभिन्न निर्णय गरेको थियो. । १ हजार विगाह क्षेत्रफलमा लागेको प्रसिद्ध गढीमाई मेलामा नेपाल भारतका लाखौ भक्तजनहरु आउने क्रम सुरु भए संगै जिल्ला सुरक्षा समितीले करिब १५ सय प्रहरी खटाएको छ ।
मेलाको विषेश पूजासँगै मंसिर २३ गते देखि मनोकमना पूरा भएका श्रदालुहरुले चढाउन ल्याएका लाखौको संख्यामा रागां, बोका, कुखुरा, हास, परेवा बलि दिईने मेला मूल आयोजक समितीले जनाएको छ ।