Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन, फुलबारी लीला सम्पन्न (फोटो फिचर पनि)

जानकीसँग रामको पहिलो भेट





सुजीतकुमार झा
जनकपुरधाम ।
रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत दोस्रो दिन आज फुलबारी लीला सम्पन्न भएको छ । जानकी मन्दिरको उत्तरपट्टी रहेको विवाहमण्डपको फुलबारीमा जानकीको भगवान रामसँग पहिलो भेट भएको छ ।
त्रेता युगमा रामलक्ष्मण बगैचामा फुल टिप्न आएको बेला जसरी जानकीसँग भेट भएको थियो त्यसरीनै भेट गराइएको छ । त्रेता युगलाई स्मरणीय बनाउन यसप्रकारको कार्यक्रम गरिएको जानकारी जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले दिएका छन् ।
त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीताको स्वयंम्बरका लागि राखेका शिवधनुषलाई राजा दशरथका छोरा रामले तीनटुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताबीच विवाह भएको थियो ।
रामजानकीको भेट भएको समय विवाहमण्डपको पार्कमा जम्मा भएका हजारो भक्तजनले ताली बजाएर स्वागत गरेका थिए । जानकीका सखीहरुले दुल्हादुल्हीन सरकारलाई फुल छर्केर स्वागत गरे । भारत आयोध्याका राजा दशरथका छोरा भगवान श्रीराम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रुपमा मनाउने गरिन्छ ।
सप्ताहव्यापी रुपमा मनाइने सीताराम विहपञ्चमी महोत्सको पहिलो दिन आइतबार साँझ जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’ गराइएको थियो ।

महोत्सवको तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन दिन मटकोर तथा पूजा कार्यक्रम मनाउने छ । छैटौँ दिन अर्थात मंसिर २१ गते सीतारामको विवाहको कार्यक्रम सम्पन्न भएपछि मंसिर २२ गते रामकलेवा गरी जन्तीलाई बिदाइ गरिने छ ।
पाँचवर्ष पछि जनकपुरधाम जन्ती आउने परम्परा रहेको छ । मंगलवार जन्ती जनकपुरधाम आउनेछन् । अयोध्याबाट
गत मंगलवारनै जनकपुरधामका लागि पाँचसयको संख्यामा जन्ती प्रस्थान गरेको थियो ।

फोटो – आदर्श साह/मोडेल खबर