Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रविको बयान सकियो, फेरि पोखरा लगिने





काठमाडौं । 

सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार सोमबार लामिछानेको बयान सकिएको हो । प्रहरीले शुक्रबारबाटै उनको बयान लिइरहेको छ । तर, नसकिएपछि सोमबार पनि सरकारी वकिलको कार्यालयमा लगेको थियो ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो ।

त्यसअनुसार, लामिछानेलाई १३ मंसिरमा काठमाडौं ल्याइएको थियो । कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याएर उनीमाथि बयान लिइएको हो ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जिबी राईको नाममा दुई पटक गरेर ४६/४६ लाख रुपैयाँ ऋण गएको अनुसन्धानबाट खुलेको छ । लामिछाने चढ्ने गाडी खरिदका लागि यो ऋण लिएको पाइएको थियो ।

बयानपछि लामिछानेलाई फेरि प्रहरीले पोखरा लैजानेछ ।

सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।

प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरु समेत बरामद गरेको छ भने लामिछाने र उनकी पत्नीको खातामा भएको कम्तिमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि जाँच गरिरहेको छ ।