Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनमतद्वारा सभामुखको राजिनामा माग





काठमाडौं ।
जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजीनामा माग गरेको छ । समानुपातिक सांसद गोमा लाभ सापकोटालाई सभामुख घिमिरेले नहटाएको प्रति आपत्ति जनाउँदै जनमतले उनको राजीनामा माग गरेको हो ।
जनमतका प्रवक्ता शरदसिंह यादवले सोमबार विज्ञप्ति निकालेर सभामुख घिमिरे कुनै पार्टी विशेषको एउटा कार्यकर्ता बनेर आफ्नो क्षेत्राधिकार दुरुपयोग गरेको आरोप लगाए । दलको कारबाहीलाई बदर गर्दा संसद सचिवालयले दलको सर्वोच्चता हनन् गरेको जनमतले टिप्पणी गरेको छ ।
‘कोही प्रतिनिधि सभा सदस्य सभामुखको नातेदार र समुदायको मान्छे प¥यो भन्दैमा र सभामुखको (पूर्व) पार्टी नेकपा एमालेमा जाने प्रतिबद्धता ग¥यो भन्दैमा जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पु¥याई कारबाही सदर गरिसकेको सदस्यलाई यसरी गैरसंवैधानिक कदमद्वारा रक्षा गर्ने सभामुखले अबिलम्ब राजीनामा दिनुपर्दछ,’ जनमतको विज्ञप्तिमा भनिएको छ ।
सभामुख घिमिरेले संसदमा नश्लवादी र रंगभेदी व्यवहार देखाएको जनमतले आरोप लगाएको छ ।
जनमतले सांसदबाट हटाउनका लागि चारपटक सभामुखलाई पत्र लेखेको थियो । चौथोपटक पत्र लेखिएपछि सांसद सापकोटालाई पदमुक्त गर्नुपर्ने आधार नरहेको सभामुख घिमिरेले जनाएका थिए ।