Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

तलब नपाएको भन्दै क्षिरेश्वरनाथका शिक्षकहरु आन्दोलित, नगरपालिका अगाडी अनिश्चितकालिन धर्नामा





जनकपुरधाम ।
महिनौदेखिको तलब नपाएको भन्दै क्षिरेश्वरनाथ नगरपालिकाका शिक्षकहरु आन्दोलित भएका छन् । क्षिरेश्वरनाथ नगरपालिकाको नगरसभा हुन नसक्दा नगरपालिकामा सेवा प्रवाहमा समस्या हुनुका साथै कर्मचारीहरुले तलब पाउन सकेका छैनन् ।
तलब पाउन नसकेपछि क्षिरेश्वरनाथका शिक्षकहरुले नगरपालिकाको कार्यालय अगाडी आइतबारदेखि अनिश्चितकालिन धर्नामा बसेका छन् । साउन महिना यताको तलब आफूहरुले पाउन नसकेकाले तलब उपलब्ध गराउनु पर्ने भन्दै आन्दोलित हुनु परेको शिक्षक जितेन्द्र यादवले जानकारी दिए । आफूहरुको माग पूरा नभएसम्म धर्ना कार्यक्रम जारी रह्ने उनले चेतावनी दिए ।
यादवले राजनीतिक खिचातानीका कारण नगरसभा हुन नसक्दा त्यसको शिकार क्षिरेश्वरनाथ नगरपालिकामा विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरुलाई हुनु परेको दुखेसो पोखे ।