

जनकपुरधाम ।
सीताराम विवाहपञ्चमी महोत्सव हेर्न आएका श्रद्धालुहरुलाई ध्यानमा राखेर हिसान, प्याब्सन तथा एनप्याब्सनले आवासको व्यवस्था गर्ने भएको छ । जनकपुरधाममा श्रद्धालु भक्तजनकालागि निःशूल्क भोजन, आवास, शौचालय, स्नानघर तथा पानीको व्यवस्थापन हिसान, प्याब्सन तथा एनप्याब्सनले गर्ने भएको हो ।
जनकपुरधामका विभिन्न ठाउँमा विभिन्न समुदाय तथा संघसंस्थाहरुले समेत यात्रुहरुलाई खानाको निःशूल्क व्यवस्था गर्न लागेको हो । विगत केही वर्षदेखि विभिन्न ठाउँमा भोजनको व्यवस्था गरिएको देखिन्छ । यसअघि बाह्रविघा मैदानमै विशाल भण्डाराको आयोजना हुँदै आएकोमा अहिले विभिन्न ठाउँमा छुट्टाछुट्टै निःशूल्क भोजनको शिवर आयोजना हुँदै आएको र सोहीअनुरुप आफूहरुले पनि सो कार्य गर्न लागेको हिसान धनुषाका अध्यक्ष सञ्जिव ठाकुरले बताए ।
एन–प्याब्सन जनकपुरधामका अध्यक्ष दिपक ठाकुरले जनकपुरधाममा सञ्चालन हुने निःशूल्क भोजनको शिविरहरुमा गएर भोजन गर्न यात्रुहरुसँग अनुरोध गरेका छन् ।
