

जनकपुरधाम ।
विवाहपञ्चमी महोत्सवको दोस्रोदिन आज फुलवारी लिला हुनेछ । जनकपुरधामको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत दोस्रो दिन फूलवारी लिला विधि गर्ने परम्परा रहेको छ । जानकी मन्दिरको छेउमै रहेको विवाह मण्डपमा एक समारोहकाबीच फूलवारी लिला कार्यक्रम प्रत्येक वर्ष गरिन्छ । राम र सीताबीच फूलबारीमा गराईने भेटघाटलाई फूलबारी लिला विधि भनिन्छ । सीता र रामको पहिलो भेट फूलवारीमै भएको वाल्मिकी रामायणमा उल्लेख छ । राम र सीताबीच पहिलो पटक बगैंचामा भेटघाट भएको पौराणिक कथाको आधारमा फूलवारी लिला कार्यक्रम गर्ने प्रचलन रहेको छ ।
यस अघि महोत्सवको पहिलो दिन आइतबार नगर दर्शन विधि सम्पन्न गरिएको थियो ।
