Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसमा उपनिर्वाचनः सबै वडाको मतपरिणाम सार्वजनिक, धनुषाधाम १मा माओवादी विजयी





जनकपुरधाम ।
मधेसमा रिक्त रहेको स्थानीय तहका वडाहरुमा भएको मतपरिणाम सार्वजनिक भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका–१ म रिक्त रहेको स्थानमा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार सुनिल कापर केवट ६ सय ८४ मतसहित विजयी भएको निर्वाचन अयाोगले जनाएको छ ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अशोक कुमार मण्डलले ६ सय २ मत प्राप्त गरेका छन् । त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका अजय कुमार यादव ४ सय ९९ मत प्राप्त गरेका छन् ।
त्यस्तै महोत्तरीको रामगोपालपुर–२ मा नेकपा एमालेका सकिवुल खाँ ६ सय ३१ मत प्राप्त गरी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार आइतीकुमारी यादवलाई ९७ मतले पछि पार्दै खाँ विजयी भएका हुन् । खाँ का प्रतिद्वन्द्वी यादवले ५ सय ३४ मत प्राप्त गरेकी छिन् ।
निर्वाचन परिणाम घोषणा गर्दै मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले सर्वाधिक मत ल्याएर एमाले उम्मेदवार खाँ विजयी भएको जानकारी दिए ।
त्यस्तै नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँ ले २ सय ८४ र जनता समाजवादी पार्टीका नजामुदिन खानले ३८ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कर्यालयले जनाएको छ ।
यता सप्तरीको डाकेश्वरी नगरपालिका वडा नं १ र ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् । अघिल्लो निर्वाचनमा यो दुवै वडामा नेपाली काँग्रेस विजयी भएको थियो ।
डाकनेश्वरी वडा नम्बर १ को वडाध्यक्षमा जसपा नेपालका धिरेन्द्रकुमार साह निर्वाचित भएका छन् । उनले ६ सय ५२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी काँग्रेसकी भुलिया देवी थरुनीले ५ सय ८७ मत प्राप्त गरिन् ।
यस्तै, डाकनेश्वरी वडा नम्बर ४ मा जसपा नेपालका देवेन्द्र प्रसाद यादव विजयी भएका छन् । यादवले ३ सय ७२ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका जोगिन्द्र राय अमातले २ सय ७७ मत प्राप्त गरे ।

रौतहटको राजपुर नगरपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार समसे आलम विजयी भएका छन् । आलमले ७४४ मत ल्याई विजयी भएका हुन् ।
निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जिकुरुलाहले ४६३ मत ल्याए । २०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि यो वडामा कांग्रेसले नै जितेको थियो ।
रौतहटको ईशनाथ नगरपालिका–७ को वडा अध्यक्षमा कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् । खलिकले ६ सय २७ मत ल्याई विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शेख अनवारले ५७५ मत ल्याए ।
नेकपा एसका सदरे आलमले ४५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २ हजार ७०७ मतदाता रहेको यो वडामा आइतबार भएको मतदानमा १ हजार ८७० मत खसेको थियो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा यही वडामा नेकपा एमालेका वडाध्यक्ष शेख खलीउल्लाह ६८३ मतसहित विजयी भएका थिए । शेख खलिउल्लाहको मृत्यु पछि यहाँ उपनिर्वाचन भएको हो ।

रौतहटको गढिमाई नगरपालिका– ८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । समाजवादीका बजरंगी प्रसाद यादव ६५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जिउती देवी यादवले ६३१ मत प्राप्त गरिन् । यसैगरी नेपाली कांग्रेसका सुवोद कुमार यादवले ६१७ र जसपाका सन्देश प्रसाद यादजवले २५८ मत प्राप्त गरे ।
०७९ को निर्वाचनमा यो वडामा जनता समाजवादी पार्टी, नेपालका रामाज्ञा राय यादवले जितेका थिए । त्यसबेला एकीकृत समाजवादीका बजरंगी तेस्रो भएका थिए ।