

सुजीतकुमार झा
जनकपुरधाम ।
रामजानकी विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन कार्यक्रम सम्पन्न भएको छ । नगर दर्शका लागि जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिरमा कृतिम नगर बनाइएको थियो । सो नगरमा रामलक्ष्मण घुमेका थिए ।
त्रेता युग जस्तै झलक देखाइएको स्थानीयवासीहरुले बताएका छन् । त्रेता युगमा आफ्ना गुरु विश्वामित्रसंगै रामलक्ष्मण मिथिला आएपछि जनकपुरधाम घुमेका थिए ।
कृतिम नगरमा पसलहरु राखिएको थियो सो पसलबाट रामलक्ष्मणले सामानपनि किनेका थिए । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव स्वयं व्यापारी बनेका थिए । भगवानले उहाँबाट सम्मान किन्नुभयो । प्रभुका लागि हरेक कुरो बन्न आफू तैयार रहेको महन्थले बताउनुभयो । उहाँले आजदिनमा मनमा प्रभुको नजिक व्यापारी बनेर जाने इच्छा भएपछि आज आफू व्यापारीको रुपमा गएको जानकारी दिनुभयो ।
नगर दर्शन हेर्न जानकी मन्दिमा हजारो व्यक्ति पुगेका थिए । संगीतबद्ध सो कार्यक्रमको आकर्षण नै अलग रहेको थियो । महोत्सवको दोस्रो दिन सोमवार फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन सीताराम स्वयंवर तथा शुभ विवाह र सातौँ दिन रामकलेवा कार्यक्रम गरी महोत्सव विधिवत् रूपमा सम्पन्न हुनेछ । यसपाली अयोध्यावाट जन्ती पनि आइरहेको छ ।
नगरदर्शन कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले वर्तमान सन्दर्भमा नगर दर्शनको महत्व सम्बन्धमा जानकारी दिएका थिए ।
















फोटोः आदर्श साह /मोडेल खबर
