Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्थानीय तह उपनिर्वाचन अन्तर्गत मतदान सम्पन्न





जनकपुरधाम ।
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन् ।
उपनिर्वाचनमा समग्रमा ६१ प्रतिशत हाराहारी मतदान भएको आयोगले जनाएको छ । यद्यपी केही स्थानको अपडेट भइरहेकाले केही यकिन तथ्यांक पछि सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार मतदान गर्ने समय साँझ ५ बजेसम्म निर्धारण भएकाले सो समयभित्र लाइन भित्र बसेकाले मतदान गर्न पाउने भएपनि त्यसबाहेकले मतदान गर्न पाउने छैनन् ।
आयोगका अनुसार जाजरकोट र काठमाडौँ महानगरपालिका वडानम्बर १६ मा सोचेभन्दा कम मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले केही मतदान केन्द्रमा बढिमा ८५ प्रतिशतसम्म मतदान पनि भएको छ ।
नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भएको हो । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
आयोगले उपनिर्वाचनका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र तोकेको थियो । आयोगले मतदान सकिएपछि मतगणनाको कार्यप्रारम्भ गर्ने जनाएको छ । आयोगका अनुसार अधिकांश वडाको मतगणना आजै बेलुकाबाट सुरु गर्ने तयारी छ ।